नव-निर्वाचित केन्द्रिय कमिटि

“बिज्ञान र प्रबिधी बिकासको मुल मन्त्र, समृद्द नेपालको लागी बौद्दिक सम्यन्त्र” भन्ने मुल नाराका साथ प्रोग्रेसिभ ईन्जिनियर्स एशोसिएसन नेपाल (पीन) को ९ औं राष्ट्रिय अधिबेशन यहि २०७८ चैत्र २१ र २२ गते ललितपुरमा सम्पन्न भयो । बेला बेलामा हुने ठुला ठुला राजनितिक आन्दोलनहरुले जनतालाई आफ्नो राजनितिक अधिकारहरु त दियो तर बिकासक बाटोहरु दिन सकेन त्यसैले अबको मुख्य दिशा भनेको बिकास र समृद्दि हुन पर्छ जस्को लागी ईन्जिनियरको अहम भुमिका हुनुपर्छ भन्ने अधिबेशनको मुख्य ठ्म्याई रहयो। “ सुखी नेपाली समृद्द नेपाल” को नारालाई आत्मबोध गर्दै त्यो दिशामा  डोर्‍याउने काममा आम  ईन्जिनियरहरुको भुमिकालाई स्थापित गर्न र इन्जिनियरिङ्ग अभियान लाई सहि गोरेटोमा डोर्‍याउने संकल्पका साथ हाम्रो गौरबशाली संगठन पीनको नवौं केन्द्रिय सम्मेलन ललितपुरमा सम्पन्न भयो । केन्द्रिय बिधान संसोधन कमिटी द्वारा प्रस्तुत संसोधित बिधान, अध्यक्ष द्वारा प्रस्तुत राजनैतिक प्रतिबेदन, सचिब द्वारा प्रस्तुत सांगठ्निक प्रतिबेदन र कोषाध्यक्ष द्वारा प्रस्तुत आर्थिक प्रतिवेदनलाई सर्बसम्मतले संसोधन सहित पास गरियो। श्रेदय पार्टी अध्यक्ष क ।के।पी। शर्मा ओलीद्वारा सम(उद्घाटित कार्यक्रमको दौरान बन्द सत्रमा पिन ईन्चार्ज पार्टि सचिब क। गोकर्ण बिस्ट ,जनसंगठन ईन्चार्ज क। भानुभक्त ढकाल, सह(ईन्चार्ज क। रचना खड्का, केन्द्रिय अनुशासन आयोग सचिब प्रा। डा। भरत राज पहारी, लेखा आयोगका सदस्य, निर्वाचन आयोगका सदस्य हरु उपस्थित भएर सम्पन्न भएको अधिबेशनबाट पारित नयां बिधान अनुसार १५१ सदस्यिय निम्न अनुसारको नयाँ केन्द्रिय कमिटि सर्बसम्मत रुपमा निर्वाचित भएको कुरा सगौरब जानकारी गराउछौँ ।