नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औं कार्यकारिणी समितिको निर्वाचन, २०८१
प्रगतिशील समूहका प्रतिवद्धताहरु
"नेपाल इन्जिनियर्स एशोसिएसनप्रतिको आकर्षणमा वृद्धि गर्दै यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी नयाँ उचाई प्रदान गरौं"
पृष्ठभूमि
मुलुकमा केही वर्ष यतादेखि राष्ट्रिय रुपमा देखिएको अस्थिर राजनीतिको क्रम सकिएको छ र मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने बलियो आशा देखा परेको छ। यससंगै इन्जिनियर र इन्जिनियर समुदाय सम्बद्ध रहेका निकायहरुमा अब मुलुकले प्राप्त गरेको राजनीतिक स्थायित्वको जगमा त्यस्ता बेथितिहरुको समेत अन्त्य हुने र देशले ‘समृद्ध नेपाल सुखी नेपालीको दूरगामी लक्ष्य प्राप्तिका लागि विकास र निर्माणको नयाँ अभियान थालनी हुने अपेक्षा गर्नु स्वाभाविक भएको छ। यस परिप्रेक्ष्यमा सदस्य इन्जिनियरहरुको हक, हितको रक्षा गर्दै सदस्य हुनबाट कुनै कारणले बञ्चित
नेपाल इन्जिनियर्स एशोसिएसनको ३४ औं कार्यकारिणी समितिको निर्वाचन, २०८१
प्रगतिशील समूहका प्रतिवद्धताहरु
"नेपाल इन्जिनियर्स एशोसिएसनप्रतिको आकर्षणमा वृद्धि गर्दै यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी नयाँ उचाई प्रदान गरौं"
पृष्ठभूमि
मुलुकमा केही वर्ष यतादेखि राष्ट्रिय रुपमा देखिएको अस्थिर राजनीतिको क्रम सकिएको छ र मुलुकले राजनीतिक स्थायित्व प्राप्त गर्ने बलियो आशा देखा परेको छ। यससंगै इन्जिनियर र इन्जिनियर समुदाय सम्बद्ध रहेका निकायहरुमा अब मुलुकले प्राप्त गरेको राजनीतिक स्थायित्वको जगमा त्यस्ता बेथितिहरुको समेत अन्त्य हुने र देशले ‘समृद्ध नेपाल सुखी नेपालीको दूरगामी लक्ष्य प्राप्तिका लागि विकास र निर्माणको नयाँ अभियान थालनी हुने अपेक्षा गर्नु स्वाभाविक भएको छ। यस परिप्रेक्ष्यमा सदस्य इन्जिनियरहरुको हक, हितको रक्षा गर्दै सदस्य हुनबाट कुनै कारणले बञ्चित रहनुभएका इन्जिनियरहरुलाई समेत गोलबन्द गरी त्यस राष्ट्रिय अभियानमा ऊर्जा र उत्साह भर्न अब नेपाल इञ्जिनियर्स एशोसिएसनले परम्परागतभन्दा फरक ढंगले नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्ने बेला आएको छ।
केही वर्ष यता प्रभावहीन नेतृत्वका कारण इन्जिनियरहरुको हक, हित र राष्ट्र् निर्माणका मुद्दाहरुमा नेपाल इन्जिनियर्स एशोसिएसनको भूमिका अग्र पंक्तिमा रहनु पर्नेमा बत्ती बालेर खोजी हिँड्नु पर्ने महसुस भएको छ। नेपाल इन्जिनियरिङ परिषदमा दर्ता हुने इन्जिनियरहरुको संख्या र नेपाल इन्जिनियर्स एशोसिएसनमा दर्ता हुने इन्जिनियरहरुको संख्यामा ठूलो अन्तर रहेको मात्र होइन ने.इ.ए. मा आकर्षण वृद्धि गराउन नसकिएको कारण त्यो अन्तर वर्षैपिच्छे बढेर गइरहेको तथ्य चिन्ताको विषय हुन आएको छ। अहिलेको प्रतिष्पर्धात्मक युगमा कर्मशील इन्जिनियरहरुको संस्थाका लागि यस प्रकारको अक्षम नेतृत्व स्वीकार्य छैन, हुन सक्दैन। यस्तो यथास्थितिवादी परिस्थिति रोकिनु पर्दछ र परिवर्तन हुनु पर्दछ भन्ने यस प्रगतिशील समुह मान्यता राख्दछ। त्यस्तो रुपान्तरणकारी भूमिका खेल्नका लागि अनुभव र अठोट तथा पौरख र प्रतिबद्धताका साथ प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन नेपाल (PEAN) को प्यानल आसन्न ३४औँ केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक कार्यसमितिको निर्वाचनमा प्रस्तुत घोषणापत्र सहित आदरणीय सम्पूर्ण इञ्जिनियर/आर्किटेक्ट समुदाय समक्ष विनम्रताका साथ उपस्थित भएको छ। नेपाल इन्जिनियर्स एशोसिएसनप्रतिको आकर्षणलाई वृद्धि गर्दै यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी नयाँ उचाई प्रदान गर्न यो प्रगतिशील समुह प्रतिवद्ध र दृढ प्रतिज्ञ छ भनी आश्वस्त पार्न चाहन्छौँ।
नेपाल ईन्जिनियर्स एशोसियसनको केन्द्रमा १८ जना र प्रत्येक प्रदेशमा १६ जनाका दरले (जसमा एकजना केन्द्रीय समिति सदस्य समेत समावेश छन्) ७ वटै प्रदेशका लागि ११२ गरी कुल १३० पदाधिकारी एवं सदस्यका लागि निर्वाचन हुन गईरहेको छ । यस अभियानलाई सार्थक पार्नका लागि ३४ औं केन्द्रीय कार्यकारिणी समितिका लागि ३४ प्रतिवद्धता सहित इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा अध्यापन/अनुसन्धान गर्नुहुने प्राज्ञिक, ऊर्जाशील एवं बहुआयामिक व्यक्तित्व ई.प्रा.डा. विष्णु प्रसाद पाण्डेको नेतृत्वमा निर्वाचनमा सामेल हुनु भएका केन्द्र र प्रदेशका सम्पूर्ण उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी बनाउन हार्दिक अनुरोध गर्दछौं ।
हाम्रा प्रतिबद्धताहरु
आम इन्जिनियर/आर्किटेक्टहरुको हकहित संरक्षण र सेवा/सुविधा प्रवर्द्धन
- आफ्नो कार्य क्षेत्रमा जहाँकहीँ पनि सेवामा रहेको बेला इन्जिनियर/आर्किटेक्ट प्रति दुर्व्यवहार गर्ने, मान मर्दन गर्ने वा सांघातिक हमला गर्ने जस्तो आपत्तिजनक कार्य गरेको पाइएमा त्यसप्रति प्रशासनिक एवम् कानुनी रुपमा सशक्त प्रतिवाद गरी हकहितको रक्षा गरिने छ।
- हाल प्रदेश तथा स्थानीय निकायहरुमा इन्जिनियरहरुका लागि कामका नयाँ अवसरहरु खुलेकोमा स्वागत गर्दछौँ। तर एउटै स्नातक तहको इन्जिनियरिङ/आर्किटेक्ट डिग्री हासिल गरेका इन्जिनियर/ आर्किटेक्टहरुलाई कतै सातौँ र कतै छैठौँ तहमा प्रवेश गराईएको पाइएकोले यस्तो विभेदपूर्ण नीति र प्रक्रियाप्रति हाम्रो घोर असहमति छ र सबै निकायहरुमा कम्तीमा सातौं तहलाई नै प्रवेश तह बनाउनु पर्नेमा प्रष्टताका साथ सशक्त पहल गरिने छ।
- प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्राविधिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको दरबन्दी अस्थायी वा करारमा रहेको हुँदा सो विद्यालयहरु स्थायी प्रकृतिको रहेको आधारमा निजहरुको दरबन्दी र नियुक्तिलाई स्थायी बनाउनेतर्फ पहल गरिने छ।
- नेपाल इन्जिनियर्स एशोसिएसनको ६२औँ इन्जिनियर दिवसमा स्वयम् सम्माननीय प्रधानमन्त्रीज्यूबाट नै इन्जिनियरहरुले विशेषगरी गैरसरकारी एवम् निजी क्षेत्रहरुमा पाइरहेको पारिश्रमिकबारे गर्नुभएको अभिव्यक्तिलाई स्मरण गर्दै कम्तीमा विद्यमान कानूनले तोकेको तलबमानमा नघट्ने गरी पारिश्रमिक एवम् सेवा सुबिधा उपलव्ध गराउन प्रभावकारी पहल गरिने छ।
- हाल विद्यमान रहेको ने.इ.ए. सदस्यहरुको बीमाको पोलिसीलाई निरन्तरता दिइने र अझ व्यापक रुपमा यसको क्षेत्र विस्तार गरिने छ।इन्जिनियरिङ्ग पेशाप्रतिको आकर्षण तथा आम इन्जिनियर/आर्किटेक्टको सामाजिक प्रतिष्ठामा वृद्धि गराई दुर्गम क्षेत्रमा कार्यरत इन्जिनियर/आर्किटेक्टले भोग्नु परेका कठिनाइको बिषयमा आवाज बुलन्द गर्दै दुर्गम क्षेत्रमा काम गर्ने इन्जिनियर/आर्किटेक्टलाई दुर्गम भत्ता लगायत विभिन्न किसिमका सेवा सुविधामा कर छुटको लागि पहल गरिने छ। दीर्घ रोगबाट पिडित इन्जिनियर/आर्किटेक्टको उपचारमा सघाउ पुर्याउनको लागि "दीर्घ रोग उपचार सहयोग कोष"को व्यवस्था गर्न पहल गरिनेछ ।
- इन्जिनियरहरुलाई रोजगारीको अवसरसंग जोड्न उनीहरुको विषयगत क्षेत्र, विज्ञता र अनुभव वर्षको आधारमा एउटा रोष्टर बनाई Job Opportunity Window खडा गरी उद्योग, आयोजना तथा अनुसन्धानतिर जोड्न ठोस पहल गरिने छ।
रोजगार तथा पेशागत क्षमता अभिवृद्धि
- यस प्रगतिशील समूहको नेतृत्व रहँदा २९औँ कार्यकारी परिषद्ले इन्जिनियरिङ्ग स्टाफ कलेज (Engineering Staff College) को अवधारणालाई मूर्त रुप दिने उद्देश्यले इतिहासमा पहिलो पटक सम्भाव्यता अध्ययन गराइएकोमा सो बारे हालसम्म गफ धेरै गरिएको तर ठोस रुपमा कुनै कार्य अगाडि बढाएको नदेखिएकोले आगामी २ वर्षभित्र त्यसलाई तार्किक निस्कर्षमा पुर्याउने गरी प्रभावकारी पहल र ठोस कार्य गरिने छ।
- “प्रमुख कार्यकारी ईन्जिनियर” नाराका साथ अधिकतम इन्जिनियर कार्यरत रहने नेपाल सरकारका प्राविधिक संस्थाहरु नेपाल टेलिकम, नेपाल बिधुत प्राधिकरण लगायत अन्य संस्थानहरुमा समेत प्रमुख कार्यकारी पदहरुमा इन्जिनियरनै प्रमुख रहने नीतिगत व्यवस्थाको लागि जोडदार पहल गरिनेछ। राज्यको राष्ट्रिय योजना आयोग, नीति प्रतिष्ठान, प्राविधिक विषयगत मन्त्रालयहरु, प्राविधिक विषयगत आयोग, समितिजस्ता निकायहरुमा तत्-तत् निकायहरुको प्रभावकारी परिणामका लागि लव्ध प्रतिष्ठित अनुभवी इन्जिनियर/ आर्किटेक्टहरुको नेतृत्वको अवसर स्थापित गरी सुनिश्चित गर्न अभियान चालिने छ।
- स्वदेश तथा विदेशमा आफ्नो पेशा एवं व्यवसायमा अनुभव हासिल गरी सो अनुभवलाई नेपालमा लगाउँछु भनी सम्पर्कमा आउनुहुने अनुभवी इन्जिनियर/ आर्किटेक्टहरुलाई विषयगत क्षेत्रमा सो आर्थिक-मानव पूँजी लगानी गर्न र नेतृत्व लिन देशको आर्थिक समाजिक रुपान्तरणका लागि आवश्यक सम्पर्क, समन्वय र वातावरण तयार गर्न विशेष पहल गरिने छ।
- राष्ट्र निर्माणका लागि विज्ञान, प्रविधि र अनुसन्धानले मुख्य भूमिका खेल्ने हाम्रो ठम्याई रहेको छ र आधुनिक प्रविधि हस्तान्तरण गरी स्वदेशमा स्थापना गर्ने कार्यहरुलाई प्राथमिकताका साथ समर्थन र सहयोग पुर्याइने छ।
- भर्खर स्नातक हुन सफल युवा इन्जिनियर/आर्किटेक्टहरुलाई कामको समान अवसर दिलाउन सर्वप्रथम ने.इ.ए. सँगको आबद्धतामा विकास गरिने छ र विभिन्न आयोजना, उद्योग तथा सेवाजन्य कम्पनीहरुसंग सम्बन्ध स्थापित गर्न संयोजनको भूमिका खेलिने छ।
‘इञ्जिनियरिङ्ग शिक्षा नेपालमै
- अहिले शिक्षित अशिक्षित युवाहरु वैदेशिक रोजगारीका लागि विदेश गएजस्तै उच्च इन्जिनियरिङ्ग शिक्षा हासिल गर्न समेत दश जोड दुई पढेका विद्यार्थीहरु ठूलो संख्यामा वैदेशिक कलेजहरुमा जान लागेको र त्यसबाट स्वदेशको इन्जिनियरिङ्ग शिक्षाको क्षेत्रमा देखिएको चुनौतिलाई समाधान गर्न पहल गरिनेछ ।
- यस विषयमा देशका इन्जिनियरिङ्ग कलेजका संस्थापकहरु, क्याम्पस प्रमुखहरु तथा अध्ययनरत विद्यार्थीहरु समेतसंग अन्तर्क्रिया गरी चुनौति र समस्या समाधानको एकीकृत उपाय निकालिने छ र “इन्जिनियरिङ्ग शिक्षा नेपालमै” प्रत्याभूत गर्न हदैसम्मको पहल गरिने छ।
- निजी क्षेत्रका इन्जिनियरिङ्ग कलेजमा अध्यापनरत प्राध्यापकहरु तथा संस्थाले भोग्नु परेका समस्यहरु समेत छलफल गरी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने गरी ‘सिक्ने/सिकाउने आदर्श वातावरण सिर्जना गर्न सहयोग गरिने छ।
- देशको भौतिक पूर्वाधारहरुको दिगोपना योग्य इन्जिनियरमा, योग्य इन्जिनियर उत्पादन गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षामा र गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा समर्पित शिक्षक/ प्राध्यापक जो स्वयम् पनि इन्जिनियर नै हुने हुँदा देशको भविष्य निर्माणमा खेलवाड नहोस् भनी गुणस्तरीय इन्जिनियरिङ्ग शिक्षा प्रदान गर्नका लागि इन्जिनियरिङ्ग कलेजहरुसंग साझेदारीको कार्यक्रम सञ्चालनमा ल्याउने छ।
- एउटा छुट्टै इन्जिनियरिङ्ग विश्वविद्यालय स्थापनाको अवधारणालाई छलफलका लागि अगाडि बढाइने छ।
- सरकारी इन्जिनियरिङ्ग कलेजहरुमा तथा निजी क्षेत्रका कलेजहरुमा अध्यापनरत प्राध्यापकहरुको Knowledge delivery लाई समयानुकूल Update र Upgrade गर्ने व्यवस्था के-कस्तो छ हेरी निजहरुको वृत्ति विकास र समान सेवा सुविधाको सम्भावनालाई सुनिश्चित गरिने छ।
नीतिगत सुधारमा जोड
- नेपाल इन्जिनियरिङ्ग परिषदबाट मान्यताप्राप्त नयाँ इन्जिनियरिङ्ग विधाहरु (बायोमेडिकल, एरोनटिकल आदि) ले कानुनी ढंगबाट सरकारी सेवामा प्रवेश गर्न पाउने अधिकारको लागि विशेष पहल गरिनेछ ।
- इन्जिनियरिङ्ग शिक्षणसंस्थाहरुको अनुगमन गर्न एकद्वार नीति गर्नको लागि आबश्यक नीतिगत व्यवस्थाको लागि पहल गरिने छ।
- पूर्वाधार विकासको क्षेत्रमा निर्माण कार्य तथा सेवा प्रवाह गर्दा इन्जिनियर/आर्किटेक्टले भोग्नुपरेका समग्र समस्यालाई निराकरण गर्न पहल गरिनेछ भने ठूला निर्माण कार्यमा परामर्शदाता संस्था र निर्माण कम्पनीको संलग्नता गर्दा विदेशी विज्ञको स्थानमा दक्ष र अनुभवी नेपाली विज्ञ तथा संस्थाहरुलाई प्राथमिकताका साथ अवसर दिनु पर्ने नीति बनाउन सरकारसँग नीतिगत हस्तक्षेप गरिनेछ ।
ने.इ.ए.को सदस्यता वृद्धि र यसको गुणस्तरीयता अभिवृद्धि
- ने.इ.ए. मा सदस्यता लिन नयाँ इन्जिनियर/आर्किटेक्टहरुलाई आकर्षित र उत्प्रेरित गर्न विशेष कार्यक्रमहरुको व्यवस्था गरिने छ भने यसमा आवद्ध रहेका साधारण सदस्यहरुलाई आजीवन सदस्यमा परिणत गर्न व्यवस्था मिलाइने छ। त्यसैगरी ज्येष्ठ, वरिष्ठ इन्जिनियरहरुलाई Fellow Membership लिन आकर्षित गरी त्यसमा सेवा सुविधाका सम्मानजनक प्याकेज समावेश गरिने छ।
- पूर्वाधार विकासका विभिन्न क्षेत्रमा कार्यरत ने.ई.ए. का सदस्यहरुलाई आवश्यकता अनुसार सेवा प्रवाहको सिलसिलामा नेतृत्व र व्यवस्थापनमा सहयोगीसिद्ध होस् भनी Emotional Intelligence (EI) को नयाँ विधामा तालिम प्रशिक्षणको व्यवस्था मिलाइने छ।
- ने.इ.ए. मा आवद्ध सम्पूर्ण सदस्यहरुलाई Life Member को रुपमा परिणत गर्ने व्यवस्था मिलाइनेछ ।
- ने.इ.ए. परिचय पत्रलाई सरकारी मान्यताप्राप्त दिन प्रयत्न गरिने छ र विभिन्न संघ संस्थासंग समन्वय गरी इन्जिनियर सदस्यहरुले लाभ लिन सक्ने गरी परिचयपत्रलाई बहुमूल्य र बहुउपयोगी बनाइने छ।जस्तै ने. इ. ए. को परिचयपत्रको आधारमा हवाइजहाज, सार्वजनिक यातायात, अस्पताल लगायतका क्षेत्रहरुमा निश्चित प्रतिशत छुट लगायतको व्यवस्थाको लागि पहल गरिनेछ ।
सहकार्य एवम् समन्वय
- नेपालको विकासको लागि भूमिका निर्वाह गरिरहेका विज्ञान र इन्जिनियरिङ्ग प्रविधिसँग सम्बन्धित विभिन्न संस्थाहरुसंग सहकार्य गर्ने र देशको समृद्धिको यात्रामा टेवा पुर्याउने नीति अवलम्बन गरिनेछ ।
- राष्ट्रिय महत्वका विकास निर्माणका विषयहरुमा इन्जिनियर/आर्किटेक्ट समुदायलाई अझ बढी जिम्मेवार बनाउदै नीतिगत एवं नेतृत्व तहसम्म जोड्नका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारसित समन्वय गरी केन्द्रमा र हरेक प्रदेशमा विकास निर्माण एवं नीतिगत बहस कार्यक्रमको थालनी गरिने छ ।
- इन्जिनियरिङ्ग शिक्षाको गुणस्तरको स्तरोन्नतिका लागि नेपाल इन्जिनियरिङ्ग परिषद् एवं विश्वविद्यालयहरुसँग अधिकतम् सहकार्य गरिनेछ ।
संस्थागत सुदृढीकरण तथा अन्तर्राष्ट्रिय सम्बन्ध
- आगामी २ वर्षभित्र ७ वटै प्रदेशमा ने.इ.ए. प्रदेश भवन निर्माण गर्न पहल गरिनेछ ।
- ने.इ.ए.ले गर्दै आएका रचनात्मक गतिविधिहरुलाई निरन्तरता दिईनेछ र त्यस्ता गतिविधिहरुलाई अझ बढी प्रभावकारी बनाउँदै थप कार्यक्रमहरुसमेत तर्जुमा गरी आम इन्जिनियर/आर्किटेक्टहरु स्वतस्फूर्त रुपमा नेईएको सदस्यता लिने अवस्थाको सिर्जना गरिनेछ ।
- इन्जिनियरिङ्ग क्षेत्रका विविध विधाहरुमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरुसँगको समन्वयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका सभा, सम्मेलन गरी अध्ययन तथा अनुसन्धान कार्यहरुमा जोड दिइने छ ।
- विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाहरुसंग स्थापित सम्बन्धलाई नवीकरण गरिने छ, पारस्परिक सहकार्यलाई गतिशील बनाइने छ र पारस्परिक सहयोगलाई अझ मजबुत बनाउन थप सिर्जनशील विषयगत सहकार्य गरिने छन्।
सम्मान तथा उत्प्रेरणा
- हाल ने.इ.ए.द्वारा प्रदान भई आएको सम्मान र उत्प्रेरणा कार्यक्रमलाई निरन्तरता प्रदान गरिने छ तथा यसको छनौट प्रक्रियालाई अझ बढी वस्तुनिष्ठ र सम्मानजनक बनाइने छ।
- नेपालको विकासमा इन्जिनियरिङ्ग क्षेत्रबाट विशेष योगदान दिने स्वदेश तथा विदेशमा रहेका इन्जिनियरहरु एवं अन्य संघ संस्थाहरुलाई विशेष सम्मान गर्नुका साथै युवा अनुसन्धानकर्ताहरुमा उत्प्रेरणा प्रदान गर्न नयाँ परम्पराको थालनी गरिनेछ ।
- इन्जिनियरिङ्ग कलेजहरुसँगको सहकार्यमा ने.इ.ए. जेहेन्दार छात्रबृत्ति कोष स्थापना गरी उच्च शिक्षा अध्ययन र अनुसन्धानमा उत्प्रेरित गरिने छ ।
अन्तमा,
आम इन्जिनियरहरुको आस्था र विश्वासको केन्द्रको रुपमा रहेको नेपाल इन्जिनियर्स एशोसिएसनको निर्वाचनमा माथि उल्लेखित ३४ बुँदाहरुमा हाम्रो अविचलित र अटल प्रतिबद्धता रहने छन् । मुलुकको विकास र जनताको समृद्धिको निम्ति तीव्र आर्थिक विकासको सपना साकार पार्ने आम नेपाली जनताको चाहनालाई परिपूरण गर्नका लागि तपाईं सम्पूर्ण इन्जिनियर/आर्किटेक्टहरुको विश्वासलाई साक्षी राख्दै हामी उच्च नैतिक बल, इमान्दारिता र पूर्ण उत्तरदायित्वका साथ आफ्नो भूमिका र जिम्मेवारी पूरा गर्ने प्रतिज्ञा गर्दछौं र तपाईंहरुको अमूल्य अभिमत, सम्पूर्ण सहयोग र समर्थनको लागि हार्दिक अपिल गर्दछौं ।
रहनुभएका इन्जिनियरहरुलाई समेत गोलबन्द गरी त्यस राष्ट्रिय अभियानमा ऊर्जा र उत्साह भर्न अब नेपाल इञ्जिनियर्स एशोसिएसनले परम्परागतभन्दा फरक ढंगले नेतृत्वदायी र हस्तक्षेपकारी भूमिका खेल्ने बेला आएको छ।
केही वर्ष यता प्रभावहीन नेतृत्वका कारण इन्जिनियरहरुको हक, हित र राष्ट्र् निर्माणका मुद्दाहरुमा नेपाल इन्जिनियर्स एशोसिएसनको भूमिका अग्र पंक्तिमा रहनु पर्नेमा बत्ती बालेर खोजी हिँड्नु पर्ने महसुस भएको छ। नेपाल इन्जिनियरिङ परिषदमा दर्ता हुने इन्जिनियरहरुको संख्या र नेपाल इन्जिनियर्स एशोसिएसनमा दर्ता हुने इन्जिनियरहरुको संख्यामा ठूलो अन्तर रहेको मात्र होइन ने.इ.ए. मा आकर्षण वृद्धि गराउन नसकिएको कारण त्यो अन्तर वर्षैपिच्छे बढेर गइरहेको तथ्य चिन्ताको विषय हुन आएको छ। अहिलेको प्रतिष्पर्धात्मक युगमा कर्मशील इन्जिनियरहरुको संस्थाका लागि यस प्रकारको अक्षम नेतृत्व स्वीकार्य छैन, हुन सक्दैन। यस्तो यथास्थितिवादी परिस्थिति रोकिनु पर्दछ र परिवर्तन हुनु पर्दछ भन्ने यस प्रगतिशील समुह मान्यता राख्दछ। त्यस्तो रुपान्तरणकारी भूमिका खेल्नका लागि अनुभव र अठोट तथा पौरख र प्रतिबद्धताका साथ प्रोग्रेसिभ इन्जिनियर्स एशोसिएसन नेपाल (PEAN) को प्यानल आसन्न ३४औँ केन्द्रीय कार्यकारिणी समिति तथा तेस्रो प्रादेशिक कार्यसमितिको निर्वाचनमा प्रस्तुत घोषणापत्र सहित आदरणीय सम्पूर्ण इञ्जिनियर/आर्किटेक्ट समुदाय समक्ष विनम्रताका साथ उपस्थित भएको छ। नेपाल इन्जिनियर्स एशोसिएसनप्रतिको आकर्षणलाई वृद्धि गर्दै यसको प्रतिष्ठा र मर्यादालाई कायम गरी नयाँ उचाई प्रदान गर्न यो प्रगतिशील समुह प्रतिवद्ध र दृढ प्रतिज्ञ छ भनी आश्वस्त पार्न चाहन्छौँ।
नेपाल ईन्जिनियर्स एशोसियसनको केन्द्रमा १८ जना र प्रत्येक प्रदेशमा १६ जनाका दरले (जसमा एकजना केन्द्रीय समिति सदस्य समेत समावेश छन्) ७ वटै प्रदेशका लागि ११२ गरी कुल १३० पदाधिकारी एवं सदस्यका लागि निर्वाचन हुन गईरहेको छ । यस अभियानलाई सार्थक पार्नका लागि ३४ औं केन्द्रीय कार्यकारिणी समितिका लागि ३४ प्रतिवद्धता सहित इन्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसमा अध्यापन/अनुसन्धान गर्नुहुने प्राज्ञिक, ऊर्जाशील एवं बहुआयामिक व्यक्तित्व ई.प्रा.डा. विष्णु प्रसाद पाण्डेको नेतृत्वमा निर्वाचनमा सामेल हुनु भएका केन्द्र र प्रदेशका सम्पूर्ण उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी बनाउन हार्दिक अनुरोध गर्दछौं ।
हाम्रा प्रतिबद्धताहरु
आम इन्जिनियर/आर्किटेक्टहरुको हकहित संरक्षण र सेवा/सुविधा प्रवर्द्धन
- आफ्नो कार्य क्षेत्रमा जहाँकहीँ पनि सेवामा रहेको बेला इन्जिनियर/आर्किटेक्ट प्रति दुर्व्यवहार गर्ने, मान मर्दन गर्ने वा सांघातिक हमला गर्ने जस्तो आपत्तिजनक कार्य गरेको पाइएमा त्यसप्रति प्रशासनिक एवम् कानुनी रुपमा सशक्त प्रतिवाद गरी हकहितको रक्षा गरिने छ।
- हाल प्रदेश तथा स्थानीय निकायहरुमा इन्जिनियरहरुका लागि कामका नयाँ अवसरहरु खुलेकोमा स्वागत गर्दछौँ। तर एउटै स्नातक तहको इन्जिनियरिङ/आर्किटेक्ट डिग्री हासिल गरेका इन्जिनियर/ आर्किटेक्टहरुलाई कतै सातौँ र कतै छैठौँ तहमा प्रवेश गराईएको पाइएकोले यस्तो विभेदपूर्ण नीति र प्रक्रियाप्रति हाम्रो घोर असहमति छ र सबै निकायहरुमा कम्तीमा सातौं तहलाई नै प्रवेश तह बनाउनु पर्नेमा प्रष्टताका साथ सशक्त पहल गरिने छ।
- प्रदेश तथा स्थानीय तहमा सञ्चालित प्राविधिक विद्यालयहरुमा कार्यरत शिक्षकहरुको दरबन्दी अस्थायी वा करारमा रहेको हुँदा सो विद्यालयहरु स्थायी प्रकृतिको रहेको आधारमा निजहरुको दरबन्दी र नियुक्तिलाई स्थायी बनाउनेतर्फ पहल गरिने छ।
- नेपाल इन्जिनियर्स एशोसिएसनको ६२औँ इन्जिनियर दिवसमा स्वयम् सम्माननीय प्रधानमन्त्रीज्यूबाट नै इन्जिनियरहरुले विशेषगरी गैरसरकारी एवम् निजी क्षेत्रहरुमा पाइरहेको पारिश्रमिकबारे गर्नुभएको अभिव्यक्तिलाई स्मरण गर्दै कम्तीमा विद्यमान कानूनले तोकेको तलबमानमा नघट्ने गरी पारिश्रमिक एवम् सेवा सुबिधा उपलव्ध गराउन प्रभावकारी पहल गरिने छ।
- हाल विद्यमान रहेको ने.इ.ए. सदस्यहरुको बीमाको पोलिसीलाई निरन्तरता दिइने र अझ व्यापक रुपमा यसको क्षेत्र विस्तार गरिने छ।इन्जिनियरिङ्ग पेशाप्रतिको आकर्षण तथा आम इन्जिनियर/आर्किटेक्टको सामाजिक प्रतिष्ठामा वृद्धि गराई दुर्गम क्षेत्रमा कार्यरत इन्जिनियर/आर्किटेक्टले भोग्नु परेका कठिनाइको बिषयमा आवाज बुलन्द गर्दै दुर्गम क्षेत्रमा काम गर्ने इन्जिनियर/आर्किटेक्टलाई दुर्गम भत्ता लगायत विभिन्न किसिमका सेवा सुविधामा कर छुटको लागि पहल गरिने छ। दीर्घ रोगबाट पिडित इन्जिनियर/आर्किटेक्टको उपचारमा सघाउ पुर्याउनको लागि "दीर्घ रोग उपचार सहयोग कोष"को व्यवस्था गर्न पहल गरिनेछ ।
- इन्जिनियरहरुलाई रोजगारीको अवसरसंग जोड्न उनीहरुको विषयगत क्षेत्र, विज्ञता र अनुभव वर्षको आधारमा एउटा रोष्टर बनाई Job Opportunity Window खडा गरी उद्योग, आयोजना तथा अनुसन्धानतिर जोड्न ठोस पहल गरिने छ।
रोजगार तथा पेशागत क्षमता अभिवृद्धि
- यस प्रगतिशील समूहको नेतृत्व रहँदा २९औँ कार्यकारी परिषद्ले इन्जिनियरिङ्ग स्टाफ कलेज (Engineering Staff College) को अवधारणालाई मूर्त रुप दिने उद्देश्यले इतिहासमा पहिलो पटक सम्भाव्यता अध्ययन गराइएकोमा सो बारे हालसम्म गफ धेरै गरिएको तर ठोस रुपमा कुनै कार्य अगाडि बढाएको नदेखिएकोले आगामी २ वर्षभित्र त्यसलाई तार्किक निस्कर्षमा पुर्याउने गरी प्रभावकारी पहल र ठोस कार्य गरिने छ।
- “प्रमुख कार्यकारी ईन्जिनियर” नाराका साथ अधिकतम इन्जिनियर कार्यरत रहने नेपाल सरकारका प्राविधिक संस्था एवं संस्थानहरुमा प्रमुख कार्यकारी पदहरुमा इन्जिनियरनै रहने नीतिगत व्यवस्थाको लागि जोडदार पहल गरिनेछ। राज्यको राष्ट्रिय योजना आयोग, नीति प्रतिष्ठान, प्राविधिक विषयगत मन्त्रालयहरु, प्राविधिक विषयगत आयोग, समितिजस्ता निकायहरुमा तत्-तत् निकायहरुको प्रभावकारी परिणामका लागि लव्ध प्रतिष्ठित अनुभवी इन्जिनियर/ आर्किटेक्टहरुको नेतृत्वको अवसर स्थापित गरी सुनिश्चित गर्न अभियान चालिने छ।