प्रोग्रेसिभ ईन्जिनियर्स एसोसिएसन नेपाल (पिन) लुम्बिनी प्रदेश कमिटिको आयोजना र ई. हेमराज शाहिको संयोजकत्तोमा निशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम बुटवल बहुमुखी क्याम्पस बुटवलमा सम्पन्न भएको छ । सो कार्यक्रम नेकपा (एमाले) प्रदेश कमिटी उपाध्यक्ष, लुम्बिनी प्रदेशका पुर्व स्वास्थ्य मन्त्री माननीय भोज प्रसाद श्रेष्ठ ज्युको प्रमुख आथित्यमा भएको छ । बिशेष धन्यवाद पिन लुम्बिनी प्रदेश कमिटीलाई यो बिशेष कार्यक्रम आयोजना गरि सम्पन्न गरेकोमा । ईन्जिनियरिङ्ग क्षेत्रकै नबिनतम कार्यक्रममा पिन लुम्बिनी प्रदेश कमिटी र एशियन डाईगोनोश्टिक ल्याबोरेटोरिज प्रा. लि. बुटवल बिच सम्पुर्ण ईन्जिनियर र ईन्जिनियरका परिवारहरुको स्वास्थ्य परिक्षणमा ४० प्रतिशत छुट गर्ने सम्झौता भएको छ । साथै भर्खरै सम्पन्न स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुबाट निर्वाचित अध्यक्ष कमरेड दुर्गा बहादुर एम. सि. लगायत सम्पुर्ण टिमलाई बधाई तथा सम्मान गरिएको छ ।
कार्यक्रममा बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम शनिबार बुटवल बहुमुखी क्याम्पस बुटवलमा सम्पन्न भएको छ । शिविरमा लुम्बिनी प्रादेशिक अस्पतालका वरिष्ठ फिजिसियन डा. पुष्प राज जोशी नेतृत्वको टोलिले बिरामी तथा इञ्जिनीयरहरुको स्वास्थ्य चेकजाँच तथा परामर्श दिएका थिए । शिविरमा एसियन डाइगोनेष्टीक ल्याबको प्रविधिक सहयोगमा नि:शुल्क सुगर, किड्नी तथा कोलेस्टोलको चेकजाँच गरिएको थियो । साथै आधुनिक समाज डेन्टल केयर बुटवलको सहकार्यमा नि:शुल्क दन्त परिक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो ।
बढ्दो गर्मी संगै रगतको माग बढ्दो भएका कारण रक्तादान कार्यक्रमको आयोजना गरिएको पिन लुम्बीनी प्रदेश इमिटी सदस्य तथा स्वास्थ शिविर संयोजक ई. हेमराज शाहीले बतए । शाहीले पिन इन्जिनियरहरुको हकहित तथा इन्जिनियरको पेशालाई मर्यादित र सुरक्षित बताउन लाग्ने प्रमुख संगठन भएको बताए । शाहीले इञ्जिनीयर पेसाको पक्षमा सधैं खट्ने बताए । पिन लुम्बिनी प्रदेश कमिटीले भर्खरै निर्वाचित बुटवल बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनका सम्पूर्ण पदाधिकारीलाई सम्मान गरेको थियो ।
उक्त कार्यक्रममा १०३ जना इन्जिनियर तथा अन्य सहभागीले स्वास्थ्य चेक जाँच तथा ल्याव परिक्षण गरेका छन् । सो कार्यक्रममा ३१ पिन्ट रगत संकलन भएको छ । बिहान ७ बजे सुर भएको शिविर दिउँसो १ बजे सम्म सञ्चालन भएको थियो । उक्त बृहत स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रमको अध्यक्षता अध्यक्ष दिपक भट्टराईले गरेका थिए ।