detail-img

पिन मोरङद्धारा आयोजित "नयाँ वर्षको शुभकामना आदानप्रदान, ईन्जिनियरिङ भेटघाट तथा एक दिवसिय फुटसल प्रतियोगिता" सफलतापूर्वक सम्पन्न

प्रोग्रेसिभ इन्जिनियरिङ एसोसियसन नेपाल (पीन) इन्जिनियरिङ पेशागत हकहित तथा पेशालाई मर्यादित बनाउनका निमित्त निरन्तर लागि रहेको पेशागत संस्था हो। यस संस्थाले विगत लामो समय देखि इन्जिनियरहरुलाई गोलवन्द गर्दै विभिन्न किसिमका पेशागत गतिविधि तथा रचनात्मक कार्यहरु संचालन गर्दै आइरहेको छ। यसै सन्दर्भमा,नेकपा एमालेद्वारा सन्चालित मिसन ग्रासरुट अन्तर्गत जनबर्गिय संगठन पिनको कोशी प्रदेश कमिटीको समन्यवमा पिन मोरङ जिल्ला कमिटीकोआयोजनामा मिति २०७९ साल चैत्र २५ गते सनिवारका दिन नया वर्ष २०८० सालको अवसरमा शुभकामना आदानप्रदान, इन्जिनियरिङ भेटघाट तथा प्रदेश स्तरिय एकदिवसिय फुटसल प्रतियोगिता मोरङ जिल्ला
सुन्दरहरैचा नगरपालिका स्थित प्लानेट फुटसल बिराटचौकमा भब्यताका साथ समपन्न भएको छ।

कोशी प्रदेशभरिका जम्मा १२ वटा इन्जिनियरिङ टिमहरुको सहभागिता भएको थियो। जसमा विजेता युथ इन्जिनियर्स मेची र उपविजेता हलेसी इटहरी ईन्जिनियर्स भएको छ । उक्त कार्यक्रम लाइ समापन गर्दै पिन मोरंग जिल्ला अध्यक्ष ई. रमेश थापा ले कार्यक्रमलाई सहयोग गर्नुहुने विभिन्न संघसंस्था, महानुभावहरुप्रति पिन मोरङ जिल्ला समिति हार्दिक कृतज्ञता ज्ञापन गर्देै आगामी दिनमा ईन्जिनियरिङसँग सम्बन्धित विभिन्न रचनात्मक कार्यक्रम ल्याउने प्रतिवद्धता पनि व्यक्त गर्नूभयो|