detail-img

पिन द्वारा आयोजित शुभकामना आदान-प्रदान तथा अग्रज इन्जिनियर भेला कार्यक्रम सम्पन्न |

यहि मिति २०७९ चैत्र २८ गते प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन) द्वारा नव वर्ष २०८० सालको उपलक्ष्यमा आयोजित शुभकामना आदान-प्रदान तथा अग्रज इन्जिनियर भेला कार्यक्रम भव्यताका साथ सम्पन्न भयो । उक्त कार्यक्रममा दशकौ देखि इञ्जिनियरिङ्ग पेशामा आबद्द भई काम गर्दै आउनुभएका विभिन्न क्षेत्रका बिज्ञ अग्रज इन्जिनियरहरुको बाक्लो उपस्थिति रहेको थियो । उपस्थित सम्पूर्ण जसो अग्रजहरुले शुभकामना आदान-प्रदान सगै यस्ता खालका भेलाहरु बारम्बार आयोजना गर्न पिन केन्द्रिय कमिटिलाइ  ध्यानाकर्सन पनि गराउनु भएको थियो। औपचारिक कार्यक्रम केहि नभएको र परिचय, शुभकामना आदान-प्रदान पश्चात खाना खाई बिदा हुने कार्यक्रमको तालिका रहेको जानकारी आयोजक पिनका केन्द्रिय अध्यक्ष ई. डा.  सुरज लामिछानेले कार्यक्रमको सुरुवातमानै अबगत गराउनु भएको थियो ।