detail-img

पिन फुटसल कप २०२२ सम्पन्न

प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपाल (पिन)ले मिती २०७९-०४-२८ गतेका दिन जनै पुर्णिमा, रक्षा बन्धन र गाईजात्राको अबसर पारेर एक दिने खुल्ला फुटसल प्रतियोगिता सम्पन्न गरेको छ । प्रतियोगितामा बिस्वबिद्यालय, सरकारी संस्थान्, कन्सल्ट्यान्सि, प्रधिकरण्, प्राइभेट फर्म गरी १३ टिमले सहभागिता जनाएको थियो । पिन फुटसल कप २०२२ शान्तिनगर स्थित शान्तिनगर फुटसल ग्राउन्डमा आयोजना भएको थियो ।

पिन फुटसल कप २०२२ को उदघाटन सत्रको कार्यक्रम ई सरोज कुमार कार्की , सद्स्य सचिब- अतिरिक्त कृयकलाप, ले सन्चालन गर्नु भएको थियो । उदघाटन कार्यक्रमको प्रमुख अतिथिका रुपमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसन नेपालका केन्द्रिय अध्यक्ष ई सुरज लामिछाने (पि.एच.डि.) ले आसन ग्रहण गर्नु भएको थियो । साथै पिन पधाधिकारी र आयोग अध्यक्षहरुले अतिथी आसण ग्रहन गर्नु भएको थियो । प्रतियोगिताको उदघाटन प्रमुख अतिथी ई सुरज लामिछाने (पि.एच.डि)ले म्याच बल रेफ्रीलाई प्रदान गरी गर्नु भएको थियो । प्रतियोगिताको उदघाटन खेल थापाथली बोइज बिरुद्द  नेशनल कलेज ओफ इन्जिनियरिङ्ग बिच भएको थियो । जसमा थापाथली बोइज ले सात सुन्य को गोल अन्तरले बिजय भएको थियो ।

पिन फुटसल कपको सेमिफाइनलमा आई सि एस्, ई आर जि, के ई सि अलुमुनाइ र रिपल डिजाईन एन्ड कन्स्ट्रकसन पुग्न सफल भएको थियो । पहिलो सेमिफाइनलमा आइ सि एसले रिपल डिजाईन एन्ड कन्स्ट्रक्सनलाई सुन्यको बिरुद्द पाच गोल गरी फाइनलको यात्रा तय गरेको थियो भने  समान  गोल अन्तरमा ई आर जिले के ई सि अलुमुनाईलाई पराजित गरी फाइनल पुग्न सफल भएको थियो ।  प्रतियोगितामा एक गोल नखाई फाइनल सम्मको यात्रा गरेको टिम ई आर जिले प्रतिस्पर्धात्मक फाईनल खेल मा आई सि एसलाई पराजित गर्दै यस पटकको पिन फुटसल कपको उपाधी जित्न सफल भएको थियो ।

पिन फुटसल कप २०२२ को पुरस्कार बितरण कार्यक्रम ई हर्ज उमीन तुम्रोक लिम्बुले सन्चालन गर्नुभएको थियो । पुरस्कार बितरण कार्यक्रममा प्रमुख अतिथी ई सुरज लामिछाने (पि एच डि) ले छोटो सम्बोधन गर्नु हुँदै कार्यक्रम सफलता का साथ सम्पन्न भएकोमा धन्यवाद दिन्दै बिजयी टिम लाई बधाई दिनुभयो । प्रतियोगितामा पहिलो र दोश्रो हुनु भएको टिम क्रमष ई आर जि र आई सि एसलाई प्रमाण पत्र र मेडल पिन उपाध्यक्षद्वव ई देउ काजी गुरुङ र आर्किटेक्ट अमन मास्केले प्रदान गर्नु भएको थियो । त्यस्तै ट्रफी र नगद पुरस्कार रु ३० हजार र रु २० हजार प्रमुख अतिथी ई सुरज लामिछाने (पि एच डि)  ले प्रदान गर्नु भएको थियो ।

पिन  फुटसल कप २०२२ लाई सन्योजन र व्यवस्थापन पिनको युवा सङ इन्जिनियर कार्यक्रम र अतिरिक्त कृयाकलाप कार्यक्रम टिमले गरेको थियो ।