detail-img

बढ्दो महंगी र भ्रष्टाचार विरुद्ध भएको नेकपा एमाले को बृहत विरोध सभामा पिनको सहभागिता।

बढ्दो महंगी र भ्रष्टाचार विरुद्ध आज आयोजित बिशाल बिरोध प्रदर्शनमा नेकपा एमालेको हामी प्रोग्रसिभ इन्जिनियरस एसोसिएसन नेपाल (पिन)को र्याली प्रस्थान गर्दै।

सभा लाई सम्बोदन गर्दै नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान परमादेशी गठबन्धन सरकारले देशहित विपरीतको नागरिकता विधेयक पास गरेर राष्ट्रघाती काम गरेको वताउनुभएको छ । 
नेकपा (एमाले) द्वारा चर्को महंगी, भ्रष्टाचार र सरकारका राष्ट्रघाती कामको विरोधमा सोमबार राजधानीमा आयोजना गरेको वृहत् जनप्रदर्शनको समापनमा सम्बोधन गर्दै महासचिव पोखरेलले उक्त कुरा बताउनुभएको हो । 
महासचिव पोखरेलले नागरिकता विधेयकमा अङ्गीकृत नागरिकताका सम्बन्धमा छिमेकी मुलुक भारतमा रहेको व्यवस्था अनुरूप हुनुपर्नेमा सत्ता टिकाउने नाममा देशको हित विपरीतको व्यवस्था गरेकोमा एमालेको आपत्ति रहेको वताउनुभयो ।  अंगीकृत नागरिकताका हकमा नेपाल र भारतमा समान कानुनी व्यवस्था हुनुपर्ने एमालेको धारणा रहेको महासचिव पोखरेलले स्पष्ट गर्नुभयो ।

https://system.cpnuml.org/parse-image/991?hash=$2y$10$EMK0ZIFysaf2rZ9oEHb9HOsinaO7A3v2P6w5irGel1ZZTgB1K9.pW

जनप्रदर्शन वसन्तपुरबाट शुरू भई भित्री शहरका प्याफल, नरदेवी, टेंगल, बाङ्गेमुढा, असन, भोटाहिटी हुँदै  शान्तिवाटिकामा पुगेर संक्षिप्त सभामा परिणत भएको थियो ।

जनप्रदर्शनमा पार्टीका उपत्यकाका तीनवटै जिल्ला कमिटी, बाग्मती प्रदेश संगठन कमिटी, उपत्यका विशेष प्रदेश कमिटी र पार्टीका २२ जनसंगठन, सम्पर्क समन्वय कमिटी, पार्टीका केन्द्रीय निकाय तथा विभागका सदस्यहरूको सहभागिता रहेको थियो । 
जनप्रदर्शनमा महंगी नियन्त्रण गर्, खाद्यवस्तुमा भएको चर्को मूल्यवृद्धि नियन्त्रण गर्, भ्रष्टाचार नियन्त्रण गर्, नागरिकतामा विधेयक खारेज गर्, रासायनिक मलको व्यवस्था गर्, उपभोक्तालाई राहत देउ लगायतका नारा लगाइएको थियो ।