detail-img

पिनद्वारा आयोजित "इन्जिनियरहरूको लागि इजाजतपत्र परीक्षा: अवसर, चुनौती र अगाडिको बाटो" कार्यशाला गोष्ठी

प्रोग्रेसिभ इन्जिनियर्स एसोसियसन नेपालले भर्खरै "इन्जिनियरहरूको लागि इजाजतपत्र परीक्षा: अवसर, चुनौती र अगाडिको बाटो" नामाक कार्यशाला सम्पन्न गरेको छ। उक्त कार्यशालामा विभिन्न कलेज तथा संस्था बाट प्रतिनिधित्व रहेको थियो। उक्त कार्यक्रममा हालै इञ्जिनियरिङ्ग इजाजत पत्र सम्बन्धि संसदबाट पास भएको विधयेक सम्बन्धि रहेका दुविधाहरू प्रस्ट पर्ने र यस बाट उत्पन्न हुने अवसर, चुनौती तथा परीक्षा सम्बन्धि पाटाहरुको बिषयमा बिस्तृत छलफल भयो। मुख्य वक्ताका रुपमा  इञ्जिनियरिङ्ग अध्यायन संस्थानका पुर्व डिन तथा नेपाल इन्जिनियर्स एसोसियसनका निबर्तमान अध्यक्ष प्रा. डा. त्रिरत्न बज्राचार्य हुनुहुन्थ्यो भने अन्य बक्ताहरुमा प्राध्यापक संगीत लाल नकर्मी, डा. देवी प्रसाद भट्टराई एवं आ. डा. बिन्दु श्रेष्ठ हुनुहुन्थ्यो।  कार्यक्रममा पिनका उपाध्यक्ष आ. अमन मास्केले स्वागत मन्तब्य तथा कार्यक्रम माथि थप प्रकाश पार्नु भयो। प्रा. डा. बज्राचार्यले मुख्य बक्ताको रुपमा इन्जिनियरको लाइसेन्ससंग सम्बन्धित पाठ्यक्रम, प्रगति र इञ्जिनिअरिङ्ग काउन्सिलको भाबि योजनाको बारेमा छोटोमा प्रस्तुतीकरण दिनु भयो।  

कार्यशालाको छलफललाइ सहजीकरण गर्न डा. बज्राचार्यले सम्भावित छलफलका बिषयहरुलाइ पनि उठान गरिदिनु भयो! उठान गरेका बिषयहरु मध्ये लाइसेन्सको परिक्षा कति समयमा लिनु पर्ने, पाठ्यक्रममा के-के समाबेस हुनु पर्ने , प्रश्नहरुको तयारीको लागि कुन समय र स्थान उपयुक्त हुने, कुन मध्यमबाट परिक्षा संचालन गर्ने, पास थ्रेसहोल्ड कति हुदा ठिक हुने आदि इत्यादी रहे।  यी उठेका बिषयमा रहेर अरु बक्ताहरुले पनि इञ्जिनियरिङ्ग लाइन्सेन्स परिक्षालाइ कसरि मर्यादित र गर्व गर्न लाएक गराउन सकिन्छ भनेर आफ्ना कुराहरु राख्नु भयो।  कार्यक्रममा उपस्थीत अरु बक्ताहरुले पनि लाइसेन्सको परिक्षालाइ हाउगुजीको बिषय नबन्नके कस्ता  प्रयासहरु गर्नु जरुरि छ भन्ने बिषयमा छलफल चलाउनु भयो। कार्यक्रमका प्रमुख अथिति रहनु भयेका पिन इनचा्र्ज तथा नेकपा एमाले सचिव गोकर्ण बिष्टले कम समयमा ब्यबस्थित र छरितो हिसाब ले लाइसेन्स दिने र एक पटक लाइसेन्स पाएको व्यक्ति जीवन भर लाइसेन्स लिन योग्य हुन्छ कि हुदैन भन्ने बिषयमा जोड दिनु भयो। कार्यक्रम का अन्य बक्ता हरु ले उठाएका बिषय हरु मा , डायस मा उपस्थित बक्ता हरु ले  के कसरि समाधान गर्न सकिन्छ भन्ने सुझाब सहित कार्यक्रम को अन्त्य गरियो |